के हो उपसन्त नेता !

Avatar photo
Dhadingpost
शुक्रबार, अशोज २२, २०७२

badri prasad dahal
जादा जादै करोडौ , रकम हजम भो , भन्दछन् पत्रकार ।
बाड्यौ रे कोटरीका , अनुचरजतिमा , लाख लाखौं अपार ।।
भाच्यौ के मूल्य आस्था , रकम कलममा , सन्त ठान्थ्यौ सबैले ।
जादा जादै करोडौ , रकम लुटिगए , भन्न थाले सबैले ।

बोल्द्यौ ठ्याम्मै नढाटी , कति मधुर अहा ! नाम तिम्रो सुशील ।
मेटिन्नन् दाग काला , गलत लत लिदा , हुन्छ नेता कुशील ।।
बीपीको वाद बिर्सी , तरल किन भयौ ? सन्त — धारा टुटाई ।
बोल्द्यौ हे सन्त नेता , कति रकम दियौ , कोश रित्तो बनाई ।।

बद्रीप्रसाद दाहाल धादिङ नीलकण्ठ नगरपालिका
प्रकाशित मिति ०७२ असोज २२