भोली काठमाडौमा बाबुरामले बृहत भेला गर्दै

Avatar photo
Dhadingpost
बिहिबार, अशोज २१, २०७२

baburamकाठमाडौ, असोज २१ । नयाँ शक्तिको राजनीतिक–आर्थिक आधार बारेमा छलफल गर्न डा.बाबुराम भट्टराईले राजधानीमा शुक्रबार बृहत भेला गर्न लाग्नु भएको छ । एकीकृत नेकपा माओवादी पार्टी परित्याग गरेपछि राजनीतिक विषयमा औपचारिक छलफल हुन लागेको यो पहिलो भेला होे ।
नयाँ शक्ति आवश्यकताबारे जनमत दिनका लागि तराइ÷मधेसको जनकपुरदेखि सुदुर–पश्चिमको कैलाली मसुरिया गाविससम्म ‘मिनीलब्वे अभियान’ सञ्चालन गरेको बताउने भट्टराईले राजधानीको हुकुम पार्टी प्यालेसमा भेला बोलाएका हुन ।

भेलामा एमाओवादीमा रहेका बाबुराम भट्टराई समर्थक देवेन्द्र पौडेल, कल्पना धमला, देवेन्द्र पराजुली, गंगा श्रेष्ठ, संविधानविद् तथा मानवाधिकारवादी दमननाथ ढुंगानालगायत बिभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहने बताईएको छ ।
बाबुरामले नेपालगञ्जमा छिटै नै नयाँ शक्तिको गठन हुने बताएको भोलीपल्ट हुन गइरहेको भेलालाई अर्थपूर्णरुपमा हेरिएको छ ।