यादहरुको घाउ

Avatar photo
Dhadingpost
सोमवार, भदौ १४, २०७२

nisa prati6ya copyतिमीलाई त थाहा पनि छैन होला तिमीबिना यी पल कति मुस्किलले काट्दै छु म।तिमी समस्यामा परेका छौ थाहा छ मलाई।
तर पुरै कुरा किन खुलेर भन्दैनौ?
मनभरी बोझ बोकेर जिउनु हुन्न । अरुसंग बाड्नुपर्छ ।अनि मात्र मन हलुका बन्छ!
हैन तिमी कस्तो बोझ बोकेर जिउदै छौ हँ ?

“मलाई फोन नगर मेसेज नगर म बाध्यतामा परेको छु” सधै यस्तै यस्तै भन्छौ र टाढा हुन खोज्छौ मबाट! आखिर के बाध्यता हो तिम्रो ?
मलाई यहाँ कति कठिन भको छ तिम्रो अत्तोपत्तो नहुदाँ, तिमी किन बुझ्दैनौ ?
घरमा तिम्रो खबर सोध्छ्न के जवाफ दिनु मैले?
जब म समस्यामा थिएँ, तिमीले मलाई हौसला दिएका थियौं । मेरो हिम्मत बढाएका थियौँ । तिम्रो साथ पाएर नै मैले कठिन भन्दा कठिन परिस्थितिको सामना गरेर यहाँसम्म आइपुगेकी हुँ । मलाई त्यसरी हौसला र हिम्मत दिने तिमी आज किन आफै कायर बन्दैछौ हँ ?

मैले तिमीलाई कति खोजेँ थाहा छ ? कस्लाई चाहिँ सोधिन तिम्रो बारे, तिम्रो एउटा एस.एम एस आउँछ कि भन्दै रातभर जागा बस्छु म । एक्कासी , बाध्यतामा परेँ ३ महिना कुर्नु म आउछु अनि सबै कुरा भन्छु भन्यौ । नि:सन्देह म कुरि रहेकी छु । मलाई बिश्वास पनि छ तिमी माथी । तर पृय म जान्न चाहन्छु कस्तो बाध्यता हो तिम्रो ?

“कुनै केटीले ब्लाकमेल गर्दैछे मलाई” बस यति भनेका थियौँ । तर त्यो केटि को हो ? किन तिम्लाई ब्लाकमेल गरि त्यस्ले ? के त्योसँग पहिले तिम्रो कुनै सम्बन्ध थियो ? यस्तै मनभरी कुन्ठा बनेका यी प्रश्न सोध्न मन छ तिमीलाई ।
तिमीले त बस पर्ख भन्यौ, सक्यो तिम्रो लागि । के तिम्लाई थाहा छ पर्खिनु को पीडा कति हुन्छ ?
म तिम्रो सम्झनामा पलपल मरेर बाचीरहेकी छु ।
साच्चै भनु त म एक जिबित मुर्दा भैसकेँ। मन पोल्छ अत्यास लाग्छ। तिम्रा चिरपरिचित सबैलाई सोध्छु उस्को खबर के छ भनेर…
जब बल्ल बल्ल तिम्रो एउटा सन्देश आउँछ ,तिमीले
“निशा मलाई मेसेज नपठाउनु ! म बाचेर फर्केको हेर्न चाहन्छौ भने मसँग सम्पर्क नराख्नु !” बस यति लेख्छौ । तिमीलाई के थाहा तिम्रो कुरा पढेर कस्तो हुन्छ मलाई । यो मनमा भक्कानो फुट्छ प्यार!
अनि म आफ्नो कोठाको ढोका थुनेर रुन्छु ।बेस्सरी रुन्छु! तिम्रो तस्बीर चुम्दै रुन्छु। लाग्छ म रुदाँ यी परेलीबाट बग्ने आँसुसँगै तिम्रा यावत यादहरु बगेर जाउन। तर सक्दिन म । यो पापी मनले पनि के के सोच्दो रहेछ घरीघरी त! तिमीले त्यतै घरजम गर्यौ र मलाई छोड्न बहाना बनाएका हौ कि जस्तो पनि लाग्छ । मलाई माफ गर प्यार मैले तिम्रो मायालाई कहिलेकाही आँखा चिम्लेर बिस्वाश गर्न सक्दिन । मन न हो के के सोचीहाल्छ ।

तिमीले थोरै समयमा धेरै माया दिएर यसरी हराइदियौ, कहिले त लाग्छ अब तिमीसँग मेरो भेट नै हुन्न । मन यसै अतालिन्छ । मुटु ढुकढुक हुन्छ । परेलीबाट एक्कासी तिम्रो माया पानी बनेर बग्न थाल्छ । म सक्दिन प्यारा यस्तो सस्पेन्समा जिन्दगी काट्न ।
तिमीलाई के भएको हो भन मलाई । सायद म तिम्रो कुनै मदत गर्न सक्छु कि ? तिम्रो अनुपस्थितिमा हरेक प्रहर शुन्य लाग्छ मलाई ।
शरीरमा लागेको घाउ त औषधिले निको हुन्छ तर तिम्रा यादहरुको सुनामीले यो मन मुटु र मष्तिस्कमा लागेको घाउको उपचार म कसरी गरौ प्रिय ?
म केही सोच्न सकिरहेकै छैन, बस तिमीले भनेझै तिमीलाई नै पर्खिरहेकी छु । सायद माया त्याग पनि हो रहेछ, त्यसैले त तिम्रो साथ त्यागेर तिमीलाई नै पर्खिरहेकी छु । तिमीले भनेजस्तै गरि तिमीबाट टाढा गैदिएकी छु । तर यो मनमा तिमी बाहेक अरु कोहि छैन र हुने पनि छैन। जब तिमी त्यो पराइ भुमीबाट नेपाल फर्केर आउनेछौ, यो ‘प्रतीक्षित’ तिमीलाई नै पर्खिरहेकी हुनेछे तिम्रा यादहरुले दिएको घाउ बोकेर । तर पृय त्यो बेलासम्म मलाई माया गर्ने तिम्रो त्यो मन नबद्लियोस…।