कसले बनाउन लगाएको थियो एटम बम ?

Avatar photo
Dhadingpost
मङ्लबार, असार २२, २०७२

एजेन्सी । परमाणु हतियारका कारण संसारमा सँधै तेश्रो विश्वयुद्धको खतरा रहेको चर्चा भैरहन्छ । अहिले संसारमा रहेका आणविक हतियारले पृथ्वीलाई एक पटक मात्र नभएर २५ पटक ध्वस्त गर्ने क्षमता राख्ने विश्लेषकहरु बताउँछन् ।
एटमबम बनाउने प्रतिस्पर्धाा अहिले आएर हाइड्रोजन देखि नाइट्रोजन बम सम्म पुगेका छन् भने विनाशकारी हतियारको प्रतिस्पर्धा झनै तीव्र बनिरहेको छ ।

आखिर यस्तो विनाशकारी हतियार बनाउने प्रतिस्पर्धा कसरी शुरु भयो ?

तपाइँलाई पत्यार नलाग्न सक्छ संसारमा सबैभन्दा पहिले परमाणु हतियारको कल्पना कुनै बैज्ञानिक वा राजनीतिज्ञले नभएर एक साहित्यकारले गरेका थिए ।
अंग्रेजी भाषाका साहित्याकार एचजी वेल्सले सन् प्रथम विश्वयुद्ध हुनु भन्दा अघि १९१४ मा लेखेको पुस्तका ‘द वर्ल्ड सेट फ्री’मा युरेनियमबाट बनाइने हतियारको कल्पना गरेका थिए ।
यो हतियार अनन्तकाल सम्म विष्फोट भैरहने उनको कल्पना थियो ।
उनले कल्पना गरेको उक्त हतियार कालान्तरमा वास्तविकता मात्र भएन मानव विनाशको कारण नै बन्यो । साहित्यकार वेल्सले यस्तो हतियार विमानबाट हान्न सकिने कल्पना गरेका थिए । उनको कल्पनालाई बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिलले एक भौतिकशास्त्रका चर्चित बैज्ञानिक स्जिलर्डसँग मिलेर सत्य सावित गरे ।
बमलाई त्यतिबेला ठोस बस्तुका साना साना कणबाट बनाउने भनेर सोंच्ने गरिन्थ्यो । तर खासमा बममा स्प्रिङ जस्तै हुने परमाणुको सघन न्यूक्लीयस हुन्छ ।
साहित्याकार वेल्सको नोट पढेर प्रभावित भएका बेलायती राजनीतिज्ञ चर्चिलले बैज्ञानिकलाई यो कुराको परीक्षण गर्न भनेका थिए ।

विन्स्टन चर्चिल

सन् १९३२ मा बेलायतका बैज्ञानिकहरु परमाणुलाई विखण्डन गर्न सफल भए र यसबाट निकाल्न सकिने उर्जाको विषयमा थाहा पाए ।
वेल्सको नोट पढेपछि हंगेरीका बैज्ञानिक लियो स्जिलर्डले यो कुरालाई वास्तविकतामा बदल्न सकिने बुझेका थिए ।
सन् १९४५ मा चुनाव हारेका बेलायती राजनीतिज्ञ चर्चिलपछि प्रधानमन्त्री बनेका क्लीमेन्ट एटलीले वैज्ञानिकहरुलाई परमाणु बन बनाउन आदेश दिएका थिए । यसको कल्पना गरेका साहित्यकार एचजी वेल्सको विनाशकारी दोश्रो विश्व युद्ध सकिएको एक वर्षपछि १९४६ मा निधन भएको थियो ।
पहिलो परमाणु बम बेलायतमा बनेको भएपनि यसको पहिलो प्रयोग भने अमेरिकाले गरेको थियो । दोश्रो विश्वयुद्धका क्रममा अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमा गरेको बम आक्रणमा हजारौं मानिस एकै चिहान भएका थिए ।