मिल्न बाध्य पार्ने शक्ति भुकम्पको

Avatar photo
Dhadingpost
आइतवार, असार २०, २०७२

salikgram aryalसंविधान त बन्छ कि क्या !! तर त्यस्मा खोट जस्तो ।
मान्ने-मनाउँने गति बिदेशीको नोट जस्तो ।

जस्तो तस्तो बनाउँ अब नत्र हाम्लाई लाज हुन्छ ।
भन्दै बनाउँदा बन्यो उन्कै पेटीकोट जस्तो ।

जनपेक्षा समेटेन, न त बिबाद टुङ्गो लाग्यो !
गुणस्तरको छैन क्यार ! कपडाको घोट जस्तो ।

दीर्घकाल शान्ती छाउँने बिकासको गति दिने ।
हुन्न क्यार ! हेर्दा मात्रै ठूलो एअर्पोट जस्तो ।

सहमती हुन्थ्यो, या त हुँदैनथ्यो शंका लाग्छ ।
मिल्न बाध्य पार्ने शक्ति भुकम्पको चोट जस्तो ।

शालिग्राम अर्याल
नलाङ ७ बैरेनी , धादिङ ।