एजेन्सी । नाईजेरीयामा चरपन्थी संगठन बोको हरामले गरेको आक्रमणमा १ सय ५० जनाको मृत्यु भएको छ ।
नाईजेरीयाको उत्तर पूर्वी भागको कुकावा गाउँमा गत बुधबारदेखि प्रवेश गरेर बोको हरामले त्यहाँ आक्रमण जारी राखेको बिबिसीले जनाएको छ ।
चरपन्थीहरुले केही मानिसको गोली हानी हत्या गरेका छन् भने केहीलाई घाँटि रेटेर घरहरुमा जलाईदिएका छन् ।
यस्तैगरी मोनगुनो शहर नजिक नमाज पढेर घर फर्किरहेका केही मानिसको पनि बोको हरामका लडाकुहरुले हत्या गरेका छन् ।