खाल्टेमा डम्बर श्रेष्ठको १३ स्थापना स्मृतिदिवस मनाईयो

Avatar photo
Dhadingpost
सोमवार, असार ७, २०७२

damberधादिङ असार ७ । एकीकृत नेकपा माओवादीधादिङका सचिव धनबहादुर बुर्लाकोटीले दशवर्षे जनयुद्धको मर्म अनुरुप नै मुलुक अगाडी बढि रहेको बताउनु भएको छ । आज १० वर्षे जनयुद्धका महान सहिद डम्बर श्रेष्ठ ज्वालाको १३ औं स्मृती सभालाई खाल्टेमा सम्बोधन गर्दै बुर्लाकोटीले सहिद तथा व्यपत्ता परिवारलाई आस्वस्त पार्दै सहिद वेपत्ताहरुको भावना अनुरुप नै पार्टी अगाडी बढि रहेको बताउनु भएको हो ।
स्मृती सभाका प्रमुख अतिथि समेत रहनुभएका बुर्लाकोटीले महान सहिद डम्बर श्रेष्ठ जनता प्रति इमान्दा र वर्ग दुस्मन प्रति कहिलै नझुक्ने नेता भएको बताउनु भएको थियो । माओवादी आन्दोलनलाई टेवा पु¥याउन संचार युद्धमा दख्खल राख्नु हुने श्रेष्ठ कै प्रेरणाले तात्कालिन समयमा आखु शन्देश पत्रिका धादिङबाट प्रकाशन गरिएको र त्यस कामको सिलसिलामा सत्यदेवी पुग्नु भएका श्रेष्ठलाई तात्कालिन शाहि सेनाले हत्या गरेको समेते बताउनु भएको थियो ।
कार्यक्रममा एमाओवादी धादिङका सह सिचिव मनराज मण्डारीले १६ बुदे दलहरुले गरेको सहमतिलाई सर्वोच अदालतले रोक्नु जनहितको निर्णय नभएकाले तत्काल सच्याउनेमा आशा व्यक्त गर्नुभएको थियो । सहिद डम्बर श्रेष्ठ सहित रबि बोगटी र बिमल घलेको २०५९ आषाढ ७ गते तात्कालिन शाही सेनाले सत्यदेवी गाविसको बच्छलामा हत्या गरेको थियो । स्मृति दिवसको अवसरमा वतृत्वकला प्रतियोगिता समेत आयोजना गरिएको थियो ।