न्यू किबोले ३१ मध्ये ३० लाई विशिष्ट श्रेणीमा पास गरायो

Avatar photo
Dhadingpost
आइतवार, असार ६, २०७२

1धादिङबेसी । न्यू किबो बोर्डिङ स्कुल धादिङबेसीले यसवर्षको एसएलसीमा ३१ जना विद्यार्थी मध्ये ३० लाई विशिष्ट र १ जनालाई प्रथम श्रेणीमा उतिर्ण गराएको छ ।
०६३ बाट एसएलसीमा सहभागी हुँदै आएको यस विद्यालयमा अध्ययनरत मेनुका श्रेष्ठले ०६८ सालमा छात्रा तर्फ ८५.५ प्रतिशद अंक ल्याई जिल्ला प्रथम भएकी थिईन भने गत सालको एसएलसीमा यस विद्यालय, भुवन अधिकारीले ९१.३ प्रतिशद अंक ल्याई जिल्ला प्रथम नै भएको थियो ।
यसपटको परिक्षमा पनि आफ्ना विद्यार्थीहरुले सोचेअनुरुप नै अंक ल्याएकोमा हर्षित छौ न्यू किवोको डाईरेक्टर कासीनाथ कोइरालाले बताउनु भयो । कोइरालाले आफनो विद्यालयको रिजल्ट अत्यन्तै राम्रो छ आगामी वर्षहरुमा पनि यहि स्ट्याण्डमा विद्यालयलाई राख्ने प्रतिवद्धता धादिङपोष्ट सँग व्यक्तगर्नु भयो । यस विद्यालयका प्रिन्सिपल प्रयास रेग्मीले अभिभावकहरुको विश्वास र विद्यार्थीहरुको लगनशिलता र विद्यलयको अठोटका कारण गएका हरेक वर्षको एसएलसीमा राम्रो नतिजा आएको बताउनु भयो ।
यस विद्यालयमा नलाङ–७ वैरेनी र धादिङबेसीमा गरि ९ सय विद्यार्थीलाई अहिले अध्यापन गरि रहेका छन् ।