एसएलसीको नतीजा सार्वजीनक हल्ला जस्तो सबै विद्यार्थी पास भएनन्

Avatar photo
Dhadingpost
शुक्रबार, असार ४, २०७२

indexकाठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले विसं ०७१ को प्रवेशिका परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गरेकाे छ । एसएलसीको नतीजा सार्वजीनक हल्ला जस्तो सबै विद्यार्थी पास भएनन् । प्रकाशित नतिजा अनुसार नियमिततर्फ एक लाख ९२ हजार २ सय ४७ जना उत्तीर्ण भएका छन् । जसमध्ये छात्रतर्फ एक लाख ९ हजार ४३ र छात्रातर्फ ८३ हजार २ सय २४ जना उर्तीर्ण भएका हुन् । एसएलसीको नतिजा थाहा पाउन एसएमएस, आइभीआर र वेबसाइटमा हेर्न मिल्ने व्यवस्था गरिएको छ । परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेका अनुसार विद्यार्थीलाई नतिजा हेर्न सहज होस् भनेर यो व्यवस्था गरिएको हो ।
परीक्षा नियन्त्रक द्वारेका अनुसार इन्टरनेटको पहुँच नभएकाले एसएमएस गरेर पनि परीक्षाफल थाहा पाउन सक्नेछन् ।
त्यसको लागि SLC लेखेर एक स्पेस दिएपछि सिम्वल नम्बर लेखेर ५५६६, १६००, ५००१, ४९४९, ५२२५, ७६७६ मा एसएमएस गर्न सकिन्छ । यस्तै १६०० मा फोन गरेर पनि नतिजा थाहा पाउन सकिन्छ । यसैगरी शिक्षा मन्त्रालयको वेवसाइट www.moe.gov.np मा परीक्षाफल हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ । परीक्षा नियन्त्रक द्वारेका अनुसार शिक्षा विभागको वेवसाइट www.doe.gov.np र परीक्षा नियन्त्रण कार्यलय सानोठिमीको वेवसाइट www.soce.gov.np मा परीक्षाफल हेर्न सकिनेछ । योसँगै www.slc.ntc.net.np,www.ncell.com.np मा परीक्षाफल हेर्न सकिनेछ ।
२ विषयमा अनुतीर्ण भएकाहरुको पूरक परीक्षा साउन २० गते बिहान ८ बजेदेखि हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।