धादिङबेसी जेष्ठ २५ । जोगिमारा– ५ का छुते चेपाङ नागरिकता हराए पछि प्रतिलिपि लिन धादिङबेसी आएको ३ दिन पुरा भयो ।
नागरिकताको फोटो कपी नहुँदा सरकारले दिन लागेको अस्थाई टहरा निर्माण खर्च रु १५ हजार नपाईने भए पछि प्रतिलिपि लिन छुते चेपाङ धादिङबेसी आएका हुन् । चेपाङको पहिला नागरिकता लिएको रेकर्ड फेला नपरेर नागरिताको प्रतिलिपि दिन नसकिएको जिल्ला प्रशासनले बताएको छ ।
मेरो छोरो सुर्य चेपाङले मेरै नागरिता अनुसार नागरिकता पाएको छ अहिले आएर मेरो नागरिकर्ताको रेकर्ड फेला परेन भन्न पाईन्छ ? चेपाङले गुनासो व्यक्त गरे ।
त्यसै गरि ज्यामरुङका कृष्ण ढकालले पनि ३ दिन देखि नागरिकताको प्रतिलिपि लिन सकि रहेका छैनन् ।
गण्स्तरीय सेवामा सरकारी कार्यलय प्रतिवद्ध रहने सरकारको योजना दिनानु दिन ह्रास बन्दै जानुका कारणले नै जनताहरुले सामान्य भन्दा सामान्य समस्याबाट पनि ठुलो दुखपाई राखेका छन् यस तर्फ सम्बन्धीत निकाएले समयमै सच्नु पर्छ ।
छुते चेपाङका छोराको नागरीकता