प्रहरीले चरम याताना दियो, अब काम गरेर खान सक्दिन – सुनार

Avatar photo
Dhadingpost
सोमवार, जेष्ठ २५, २०७२

धादिङबेसी जेष्ठ २५ गते । बुढाथुम घर भई धादिङबेसी स्थित बसपार्क छेउमा फर्निचर चलाएर बसेका टेकबहादुर अहिले ओछ्यानमा छन् । उनलाई प्रहरीले दियको यातनाले जिन्दगी भर काम गर्न सक्दिन अब कसरी गरि खाने चिन्ता छ । किन यातना दियो त प्रहरीले हामी सँगको कुराकानीमा सुनार भन्छन् ।
हाम्रो श्रीमान् श्रीमती बिच सामान्य घर झगडा भयो । अनि हामी दुवै जनालाई प्रहरीले लग्यो । मैले दिन भरीको थकाई मेट्न एक गिलास रक्सी खाएको थिए तर श्रीमतीलाई मैले गाली सम्म गरे हातपात गरेको थिन रक्सी खाएर श्रीमती थर्काउछस् भन्दै पानी छ्यापी छ्यापी यति कुटेकी म वेहोस भैछु अनि अस्पताल ल्याएछन् ।
प्रहरीको लाठीले मेरो ज्यान थिल थिलो भएको छ । छातीमा गहिरो चोट लागेकोले भिडियो एक्स–रे गर्नु पर्ने डाक्टरले बताएको हामी सँग सुनारले बताउनु भयो ।
घाईते सुनारी श्रीमती कुमारी सुनार पनि आफ्नो श्रीमान्लाई प्रहरीले दिएको याताना वर्वरतापूर्ण रहेको बताउछिन् । मैले श्रीमनलाई पिट्न बोलाको थिन मलाई श्रीमनले गाली गरेकाले प्रहरीले सम्झाउला घर झगडा मिलाउला भनेर बोलाको थिए तर प्रहरीले अन्याए ग¥यो भन्छिन् ।
प्रहरीको पिटाईले मेरो परिवारमा झन तनाव थपिएको बताउदै घाईते सुनार भन्छन् मैले गल्ती नै गरेको भए पनि प्रहरी कार्यालयमा लगर यसरी यातना दिनु न्याय होईन म जिन्दगी भर बिर्सने छैन प्रहरीको व्यवहार ।OLYMPUS DIGITAL CAMERAUntitled-1.tifOLYMPUS DIGITAL CAMERA