काँग्रेसको, एउटै गाविसमा २ वटा कार्यक्रम, उपप्रधान मन्त्रीलाई भाषण गर्न भ्याईनभ्याई

Avatar photo
Dhadingpost
सोमवार, जेष्ठ २५, २०७२

OLYMPUS DIGITAL CAMERAधादिङ साँङ्कोष जेष्ठ २५ । नेपाली काँग्रेस धादिङले हिजो साँङ्कोस गाविसमा २ वटा कार्यक्रम राख्दा उपप्रधान मन्त्री प्रकाश मान सिंहलाई भाषण गर्न भ्याई नभ्याई भएको थियो । नेपाली काँग्रेस कार्यकर्ताहरुले साँङ्कोषमा निर्माण गरेको विद्यालयको अस्थाई टहरा अवलोकान आउनु भएका उपप्रधान मन्त्री सिंहलाई गाडीमा १५ को दुरी मै २ कार्यक्रमलाई सम्बोधन गर्नु पर्दा भ्याईनभ्याई भएको हो । उपप्रधान मन्त्री सिंहले घोषित कार्यक्रमलाई सम्बोधन गर्नु पूर्व धादिङको झार्लाङको पहिरो स्थलगत निरिक्षण गरि त्यस क्षेत्र आसपासका गाविसका नागरिकहरुलाई तत्काल सुरक्षित बास स्थानमा स्थानान्तरण गरिने स्थानीय विकास तथा उपप्रधान मन्त्री प्रकाशमान सिंहले बताउनु भएको छ ।
OLYMPUS DIGITAL CAMERAहिजो नेपाली काँग्रेस कन्चनपुरले बनाई दिएको धादिङको साँङ्कोष स्कुलको टहरा अवलोकन गर्न आउनु भएका सिंहले धादिङको उत्तरी क्षेत्र अवलोकन गर्ने ईच्छा व्यक्त गरे पछि जिल्ला प्रसासनले हेलिकप्टर प्रयोग गरि उत्तरी क्षेत्रको अवलोकन गराएको थियो ।
भूकम्पपछि उद्धार र राहतका कार्यमा सबै मिलेर एकजुट भए जस्तै पुर्नसंरचना र पुर्नवासका लागि पनि त्यहि भावना स्वरुप काम गर्न समेत आग्रह गर्नुभयो । सरकारले घर तथा जग्गा निर्माणका लागि २० करोडको रकम विनीयोजन गरिसकेकोले अब छिट्टै नै सो रकम पीडितहरुले पाउने आश्वासन समेत दिनुभएको छ ।
त्यस्तै सिंचाई मन्त्रि एन पी साउदले सरकारले उद्धार र राहतको काममा कुनै पनि कमि हुन नदिने बताउनुभयो । सरकारले प्रभावितहरुलाई दिल खोलेर सहयोग गर्न तयार रहेको समेत बताउनुभयो । OLYMPUS DIGITAL CAMERA