धादिङबेसी जेष्ठ १५ । एक महिने अभियान लिएर धादिङ आएको एमाले निकट विद्यार्थीहरको स्वयम्सेवक टोलीले १८ वटा घर तथा टहराहरु निर्माण गरेको छ । नेकपा एमालेको निर्णय अनुसार धादिङमा खटिएको अनेरास्ववियूको टोलीले आज सम्ममा जिल्लाको तीनवटै निर्वाचन क्षेत्रका विभिन्न स्थानमा १८ वटा घर तथा टहरा निर्माण गरेको हो ।
अनेरास्ववियूकी केन्द्रिय सचिवालय सदस्य राधिका खतिविडाको नेतृत्मा २५ जनाको टोलीले काम गरिरहेको छ । ६ जना इन्जिनियरिङ विषय पढिरहेका विद्यार्थीहरुको समेत सहभागितामा काम गरिएको र पहिलो चरणको अभियान जेठ २७ गतेसम्म चल्ने खतिवडाले बताउनुभयो ।
भुकम्पको कारण ध्वस्त बनेको संरचना पुर्न निमार्ण गर्नको लागि धादिङ जिल्लामा अभियान संचलन गरिएको अनेरास्ववियूकी केन्द्रिय सचिवालय सदस्य राधिका खतिवडाले बताउनुभयो ।
स्वयमसेवक टोलीले आज सम्म ९ वटा विद्यालय, १ वटा प्राथमिक स्वास्थ्य चौक, र १८ वटा अस्थाई टहरा निर्माण गरेको खतिवडाले जानकारी दिनुभयो ।
धादिङको तीन वटै निर्वाचन क्षेत्रमा स्वयम्सेवक टोलीले काम गरिरहेको अनेरास्ववियू धादिङ अध्यक्ष सन्तोष रानाक्षेत्रीले बताउनुभयो । भग्नावशेष घर टहरा हटाउनुको साथै विद्यालय, स्वास्थ्य चौकी र नागरिकहरुको लागि अस्थाई घर निमार्ण गर्ने उहाँको भनाई थियो ।
नेकपा एमालेले धादिङ निर्वाचन क्षेत्र नम्बर १ मा मिनराज कडेँल, २ मा पुर्व शिक्षा मन्त्री नेकपा एमाले पोलिटब्यूरो सदस्य गंगालाल तुलाधर र क्षेत्र नम्बर ३ मा पुर्व स्थानीय विकास मन्त्री राजेन्द्र प्रसाद पाण्डेको नेतृत्वमा रहेको टोलीले काम गरिरहेको छ । अभियानमा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुको समेत उपस्थिति रहेको छ ।