धादिङ समजोङ केन्द्रविन्दू बनाएर भुकम्पको धक्का

Avatar photo
Dhadingpost
शुक्रबार, जेष्ठ १५, २०७२

11धादिङ १५ जेठ । शुक्रबार अपराह्न धादिङ समजोङ केन्द्रविन्दू दिउँसो तीन बजेर ४४ मिनेट जाँदा ५.२ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि आजै १२ बजेर ३० मिनेट जाँदा धादिङ र गोरखा केन्द्र बनाएर ४.८, बिहान ८ बजेर ३० मिनेट जाँदा गोरखा केन्द्रविन्दू बनाएर ४, बिहान ५ बजेर २० मिनेट जाँदा धादिङ केन्द्रविन्दू बनाएको ४.२ तथा त्यसअघि १२ बजेर ३७ मिनेट जाँदा दोलखा केन्द्र बनाएर ४. २ रेक्टर स्केलको भुकम्प गएको थियो ।