गर्मीले भारतमा सडक नै पग्लिन थाल्यो

Avatar photo
Dhadingpost
बिहिबार, जेष्ठ १४, २०७२

एजेन्सी – गर्मीका कारण ११०० जना भन्दा बढीको ज्यान गइसकेको भारतमा सडकको पिच नै पग्लिन थालेको छ ।
तस्विरमा भारतको नयाँ दिल्लीको पिच सडक पग्लिएको देख्न सकिन्छ । तापक्रम बढेर ४५ डिग्री भन्दा माथि पुगेको छ भने जनजीवन अत्यन्तै कष्टपूर्ण बनेको छ । यो तापक्रम अझै बढ्नसक्ने बिज्ञहरुले बताएका छन् । पछिल्लो दश दिनको अबधिमा ९०० भन्दा बढी मानिस आन्ध्र प्रदेशमा मात्रै गर्मीका कारण मरेका छन् । तापक्रम बढ्दै सडक नै पगाल्न थालेपछि मानिसहरुमा झन् त्रास बढेको छ । तापक्रम अझै बढ्न सक्ने भएकाले सम्बन्धित निकायले मानिसहरुले सतर्क गराउदै आएको छ । गर्मीले सबैभन्दा बढी चपेटामा असक्त, बृद्ध बृद्धा र घरवारविहीन मानिसहरु परेका छन् ।
road-melt-4आन्ध्र प्रदेशमा गत १८ मई देखि शुरु भएको तापमान वृद्धिका कारण ९०० बढी मानिसहरुले ज्यान गुमाईसकेका छन् । मृतकको यो संख्या गत बर्षको तुलनामा दोब्बर भएको अधिकारीहरुले बताएका छन् । छिमेकी राज्य तेलंगानामा गत हप्ता मात्रै २०० बढीले गर्मीकै कारण ज्यान गुमाईसकेका छन् । त्यहाँको तापमान ४८ डिग्री भन्दा बढी पुगेको बताइएको छ ।
दिनमा दर्जन पटक नुहाउदा पनि गर्मिबाट छुटकारा पाउन नसकेको स्थानीय ३४ बर्षिय पसले मानिस सिंह बताउछन् । “गर्मिबाट पर्ने खतराबाट बच्नका लागि हामीले सकेसम्म घरभित्रै समय बिताईरहेका छौं तर यस पटक पछिलो बर्ष भन्दा धेरै नराम्रो अवस्था छ । मुश्किलले प्राप्त हुने एयरकन्डिसनले पनि काम गर्न नसकेर चिन्तापूर्ण स्थिति बनेको छ” मनिस भन्छन् ।
अत्याधिक गर्मीले पिरोलेक सबै राज्यका अस्पताललाई गर्मीका कारण बिरामी भएकाको चौबिसै घण्टा उपचारको लागि अधिकारीहरुले निर्देशन दिएका छन् । पिडित क्षेत्रमा बसोबासरत मानिसलाई घरभित्र बस्न र प्रशस्त पानी पिउनका लागि सचेत गराईएको छ ।
भारतमा गरिबीको चपेटामा रहेका समुदायका मानिसहरुले गर्मीकै कारण बर्षेनि सयौंको सख्यामा ज्यान गुमाउदै आएका छन् । भारतमा यस बर्षको मनसुनको आगमन नहुँदासम्म गर्मीका कारण मृत्यु हुनेको संख्या थपिदै जाने निश्चित जस्तै छ । जुन महिनाको शुरुवातासंगै मनसुन शुरु हुने मौसम बिज्ञहरुले बताएका छन् ।