शोकको घडीमा काव्यिक श्रध्दान्जली

Avatar photo
Dhadingpost
शनिबार, जेष्ठ ९, २०७२

धादिङ जिल्लाका शैक्षिक जागरणका पिता गोपीनाथ रिजाल आज हाम्रो सामु छैनन् । कराल कालले उज्ज्वल समाजसेवी प्रतिभालाई यही बैशाख २९ गते आफ्नो बाहुपासमा बाध्यो । यो शोकको घडीमा वहाँप्रति काव्यिक श्रध्दान्जली ।
-बद्रीप्रसाद दाहाल

गोपीनाथ रिजाल शैक्षिक — प्रभा , धादिङ्ग हस्ती थिए ।
धेरै इस्कुल खोल्न जाग्रिति दिदै , सम्घर्स चर्का गरे ।।
आफ्ना स्वार्थ नहेरी कर्मठ भई , आदर्श सेवा छरी ।
उम्दा निस्छल मार्ग रच्न उनले , जागा बनाए कति ।। १।।

फक्रिन्थे रचना कला र कविता , वक्त्रित्व नाना थरी ।
भर्थ्यौ जोश उमङ्ग मङ्गल अहा , हामी सबैका हरी ।।
शिक्षा राजनयज्ञ विज्ञ अगुवा , हाम्रा थिए प्रेरणा ।
खोसी दूर लग्यो दु:खै दु:ख दिई , मेरो छ सम्वेदना ।। २।।