धुवाँकोट जेष्ठ ७ । विनासकारी भूकम्पले भत्काएको विद्यालय सफा गर्ने क्रममा धुवाँकोटमा आज २ जना नेपाली सेना घाईते भएका छन् ।
धुवाँकोट गाउँ विकास समिति वडा नं. ८ भेंगेरी स्थानमा रहेको सरस्वती उच्च माध्यमिक विद्यालय असुरक्षित भएपछि नेपाली सेनाको एक टोली विद्यालय भत्काउन गएको थियो । आधा भत्केको विद्यालय भत्काउने क्रममा नेपाली सेनाका २ जवान माथिबाट झरेको ढुङ्गाले लागेर घाईते भएको र घाईते मध्ये एकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
घाईते दुवै जनालाई हेलिकप्टर मार्फत आजै छाउनी अस्पताल काठमाण्डौ लगी उपचार गरिएको बताइएको छ ।