स्टोर आसपास फैलियो दुरगन्ध, कयौ दिन देखिको खाद्यान्न अहिले पनि स्टोरमै

Avatar photo
Dhadingpost
मङ्लबार, जेष्ठ ५, २०७२

धादिङका सिडियो बासुदेव घिमिरेलाई लाग्न थाल्यो आरोप
धादिङ जेष्ठ ५ । धादिङबेसी स्थित कर्मचारी मिलन केन्द्रको भवन आसपास यतिबेला दुरगन्ध फैलिएको छ । भुकम्प पिडितहरुको लागि आएको खाद्य सामाग्री राखिएको यस भवन आसपास खाद्यन्न सामाग्री कुहिएर दुर्गन्ध फैलिएको हो । भुकम्प पिडितहरुबाट राहत aaluनपाएको गुनासो आई रहेको छ । जिल्ला प्रशासन पिर नगर्नोस् आउँछ भनि रहेको छ । तर जिल्ला प्रशासन आसपासमा हप्तौ देखि खाद्य सामाग्री कुहिएर बसेको छ ।
सुरुका दिनमा सबै तिरबाट हाईहाईका पात्र बनेका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे यतिवेला विवादित बनेका देखिन्छन् । राहत वितरणमा पारदर्सिता भन्दा व्यक्तिवादी र दलिय आचरण हाबीभएको आरोप पनि सिडियो घिमिरेमाथि लाग्न थालेको छ । दैविक उद्दार समितिका एक सदस्यका अनुसार जिल्लामा आएका गुणस्तरीय सामाग्रीहरु सिडियो कै निर्देशनमा लुकाईएको हुन सक्ने बताएका छन् । कतिपय राम्रा टेन्डहरु जिल्ला प्रशासनको भवन भित्र लर्गिको समेत ति सदस्यले बताए ।
सुरुमा दैविक प्रकोप उद्दार समिति अन्तरगत अनुगमन समिति बनाउनु पर्ने बताए पनि कसैले वास्ता गरेनन् । सिडियोले आफ्नो मनमा जे लाग्छ त्यहि गर्न थालेका छन् । एकपटक सरकारी कार्यालयमा अनुगमन गरिए लुकाएर राखिएका रामाग्री भेटिने समेत ति सदस्यले बताए ।