रुकुमबाट आएको पुननिमार्ण गरिदिने टोलीले काम सुरु गर्यो

Avatar photo
Dhadingpost
शनिबार, जेष्ठ २, २०७२

pna nirmanधादिङ जेष्ठ २ । एकीकृत नेकपा माओवादी रुकुम जिल्ला समितिले भूकम्पले विनास गरेको धादिङ जिल्लाको कुम्पुर गउँ विकास समितिमा स्वयंसेवक टोली पठाएर १५ दिनको पूननिर्माणको काम सुरु गरेको छ ।
एकीकृत नेकपा माओवादी रुकुमका अध्यक्ष गोपाल शर्माको नेतृत्वमा धादिङको कुम्पुर आइपुगेको टोलीले कुम्पुरका भूकम्प पीडितहरुको उद्धार तथा राहतको समन्वयदेखी पुननिर्माणको काम सुरु गरेको छ ।
आज कुम्पुर गाउँ विकास समितिको वडा नं. ६ आदमटार आईपुगेको २५ जनाको समूहले स्थानीय ४ वटा घरको पुनर्निणको काम सुरु गरेको एकीकृत माओवादी धादिङले जानकारी दिएको छ ।
भूकम्प पीडित घर परिवारलाई पून काममा फर्किने वातावरण बनाउनको लागि आफूहरु पनि पाल टाँगेर गाउँमै बसेर पूनर्निणको काममा लागेको माओवादी कुम्पुर गाउँ समितिका अध्यक्ष पुष्पराज थपलियाले बताउनुभयो । कुम्पुर गासिसलाई पूनर्निर्माणको माध्यमबाट नमूना गाउँ विकास समितिमा रुपान्तरण गर्नु नै आफूहरुको मूख्य ध्येय भएको थपलियाले बताउनुभयो । सो समूहमा विद्यत जडान गर्ने प्राविधिक, स्वास्थ्यकर्मी, तथा घर निर्माणका लागि आवश्यक पर्ने दक्ष प्राविधिकहरु समेत रहेको थपलियाले जानकारी दिनुभयो । सो क्रममा आजैदेखी कुम्पुर गाउँ पार्टीले पनि स्वयम्सेवक परिचालन सुरु गरिसकेको बताइएको छ । भूकम्प पीडित जनताको सेवामा अनिवार्य सहभागी हुनुपर्ने भन्दै एकीकृत माओवादी लगायत अन्य राजनीतिक दलहरुले पनि आ–आफ्नो ठाउँबाट जनताको घर दैलोमा पुग्ने निष्कर्ष निकालेका छन् ।