राहत आहतमा पुगोस् ,

Avatar photo
Dhadingpost
सोमवार, बैशाख २८, २०७२

जो छन् आहत दीन जीर्ण टुहुरा , पीडा लिदैका जन ।
त्यस्ताका घर आगनी पुग सफा , राखेर चोखो मन ।।
नाता क्षेत्र र थात जात दलका , सङ्कीर्ण किल्ला चिर ।
सच्चा आहतभित्र राहत पुगोस् , हल्का बनून् है पिर ।। १।।

जागोस् मानवता र धर्म सबमा , सेवा उज्यालो छरी ।
जागोस् है करुणा — दया र ममता , चम्कोस् सबैमा हरि ।।
हाम्रो दर्शन भन्छ आम जनको कल्याण उत्थान होस् ।
हाम्रा राहत खास पीडित पुगी , उध्दार चोखो बनोस् ।। २।।
badri prasad dahal
बद्री प्रसाद दाहाल, नीलकण्ठ नपा धादिङ