ग्रामिण यातायातले घर बार बिहिन भएका कर्मचारीलाई राहात सामाग्री दियो

Avatar photo
Dhadingpost
आइतवार, बैशाख २७, २०७२

graminधादिङ बैशाख २१ । ग्रामिण यातायात सहकारी संस्था लिमिटेडले धादिङले भुकम्पको कारण घरबार बिहीन भएका आफ्ना चालक तथा सह चालकहरुलाई राहत सामग्री प्रदान गरेको छ ।
यातायात संचालन गर्दै आएको उक्त सहकारीको पहलमा सिप्रदी ट्रेडिङ प्रालि.को सहयोगमा सहयोग सामग्री प्रदान गरेको हो ।
संस्थामा कार्यरत रहेका ७२ जना चालक तथा सह चालकलाई शनिवार एक कार्यक्रमको आयोजना गरी राहत वितरण गरिएको थियो । सहयोग स्वरुप प्रतिब्यक्ति १ बोरा चामल, १ वटा त्रिपाल, १ वटा कमल, १ काटुन चाउचाउ र १० पुरिया विस्कुट सहयोग गरिएको थियोे । राहत वितरण कार्यक्रममा सिप्रदी ट्रेडर्स प्रालिका प्रतिनिधि सरद न्यौपाने, लगायत ग्रामीण यातायात सहकारी संस्थाका पदाधिकारी तथा सदस्यहरुको समेत उपस्थिति रहेको थियो । ग्रामिण यातायतले भुकम्पले क्षेति पुर्यापछि आवतजावतको लागि भाडामा विशेष छुट दिदै यात्रहरुलाई सहुलिएत दिएको थियो ।