दोस्रो सातदोबाटो भलिबल कपको उपाधि सातदोबाटो टिमलाई

Avatar photo
Dhadingpost
कार्तिक २५, २०८३

धादिङ । ज्वालामुखी गाउँपालिका–२, मैदीमा  सातदोबाटो युवा क्लबद्वारा आयोजित दोस्रो सातदोबाटो भलिबल कप तथा विविध सांस्कृतिक कार्यक्रम २०८३ सम्पन्न भएको छ । कार्तिक २१ देखि २४ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा सातदोबाटो टिमले उपाधि जितेको छ ।

प्रतियोगितामा बतासे युवा क्लब प्रथम उपविजेता बनेको छ भने खड्कादेवी युवा क्लबले तेस्रो स्थान हासिल गरेको छ ।

प्रतियोगितामा प्रथम हुने सातदोबाटो टिमले नगद ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । त्यस्तै, द्वितीय हुने बतासे युवा क्लबले २५ हजार रुपैयाँ र तेस्रो हुने खड्कादेवी युवा क्लबले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

सातदोबाटो युवा क्लबको आयोजनामा सम्पन्न प्रतियोगितासँगै विविध सांस्कृतिक कार्यक्रमसमेत सञ्चालन गरिएको थियो । प्रतियोगिताले स्थानीय स्तरमा भलिबल खेलको विकास, खेलाडीको प्रतिभा पहिचान तथा खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।