धादिङ बैशाख २५ । नेपाल शिक्षक संघ धादिङका सदस्य एवं नेवि संघका नेता रामकृष्ण रेग्मीको १३ औँ दिनको पुष्य तिथिमा नलाङमा श्रद्धान्जली सभा सम्पन्न भएको छ ।
नेपाली कांग्रेस नलाङ गाउँ समितिको आयोजनामा सो श्रद्धान्जली सभा सम्पन्न भएको हो । गत वैशाख १२ गतेको महाभुकम्पमा परि रेग्मी दाजुभाइको काठमाडौँको सितापाईला स्थित डेरा गरि बसेको घरमा पुरिएर निधन भएको थियो । श्रद्धान्जली सभामा नेवि संघका केन्द्रिय सदस्य भरत भट्ट, नेकपा एमालेका नेता कृष्णप्रसाद अर्याल, नेवि संघ धादिङका अध्यक्ष इश्वर अधिकारी, पूर्व अध्यक्ष दिपक कोइरालाले स्वर्गीय रेग्मी दाजुभाइको मिलनशार ब्यक्तित्व र प्रतिभाबाट समाजले सिक्नु पर्ने पाठको चर्चा गर्दै श्रद्धान्जली एवं समवेदना प्रकट गर्नुभएको थियो ।
स्वर्गीय रामचन्द्र रेग्मीको नावालक छोराको शिक्षाका लागि नेपाली कांग्रेस नलाङको तर्फबाट रु ५० हजार तत्काल सहयोग गर्ने घोषणा गर्दै गाउँ सभापति भिमकान्त सिलवालले आवश्यक सहयोगको लागि सम्पूर्ण सुभेच्छुकहरुलाई आग्रह गर्नुभएको छ । स्वर्गीय रेग्मी दाजुभाइका पिता ठाकुर रेग्मी आवद्ध रहेको सचेतन बहुउद्देश्यीस सहकारीले पनि रेग्मी परिवारलाई तत्काल संस्थागत सहयोग स्वरुप रु १० हजार उपलब्ध गराएको छ ।