धादिङका भुकम्प पिडित पत्रकारलाई १ लाख ५० हजार सहयोग

Avatar photo
Dhadingpost
बुधबार, बैशाख २३, २०७२

riधादिङ बैशाख २३ । रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले धादिङका भुकम्प पिडित पत्रकारहरुलाई राहत स्वरुप एक मुस्ट १ लाख ५० हजार सहयोग गर्नु भएको छ ।
धादिङबेसीमा पत्रकारहरुलाई भेट्दै धमलाले आफुले व्यक्तिगत रुपमा पत्रकारहरुलाई प्रारम्भिक राहत अनुरुप यो रकम प्रदान गरेको बताउनु भएको थियो । उहाँले नेपाल पत्रकार महासंघ धादिङका सह सचिव मनिस दुवाडीलाई सोनगद रुपैयाँ हस्तान्तरण गर्दै थप सहयोग गर्दै जाने समेत बताउनु भएको थियो