प्रधानमन्त्री कोईरालाले धादिङका केहि गाविस अवलोकन

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख २२, २०७२

sushil_koirala 22222धादिङ बैशाख २२ । प्रधान मन्त्री शुसिल कोईरालाले धादिङको भुकम्पले प्रभावित धादिङका केहि गाविस आज अवलोकन गर्नु भएको छ ।
आजबाट भुकम्प प्रभावित जिल्ला अवलोकनमा लाग्नु भएका कोईरालले गोरखा जाने क्रममा धादिङ केहि गाविस हेलिकप्टर बाट अवलोकल गर्नु भएको हो ।
उहाँ भूकम्पको मापन केन्द्र बनेको गोरखा जिल्ला जानु भएको छ । बिहान हेलिकोप्टरबाट गोरखा सदरमुकाम पुगेपछि केही प्रभावित गाउँको निरक्षण गर्ने र पिडितको अवस्थाका विषमया जानकारी लिनुहुनेछ । भूकम्पको केन्द्र बनेको गोरखाको बारपाकमा पनि पुगेर राहात र उद्धारका विषयमा जानकारी लिने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सहयोगी प्रकाश अधिकारीले जानकारी दिनुभयो ।