२५ जनाको ज्यान गयो ,१२ सय घर धोस्त राहात १२ केजि चामल

Avatar photo
Dhadingpost
आइतवार, बैशाख २०, २०७२

दामोदर भट्ट,
20150502_132821बैशाख २० । भुकम्पबाट फुलखर्कमा २५ जनाको ज्यान गयो भने १२ सय घर पूर्ण रुपमा धोष्त भएका छन् । कति पशु चौपाएको मुत्यू भयो भन्ने हाल सम्म तथ्याङक निकाल्न सकिएको छैन् । यस गाविसका सम्र्पुण सरकारी कार्यलय भवन , विद्यालय भवन पुर्ण रुपमा क्षति भएको छ । अहिले सम्म राहातका नाममा १०० थान पाल उपलब्ध गराएको छ । उत्त पाल मृतकका घर, मिल र घाईतेका परीवारलाई वितरण गदैमा सकिएको छ, भने अन्य बाँकी १२ सय घरका मानिस खु्ल्ला आकास मुनि बस्न बाध्य भएका छन् । आकाशका बादल लाग्छ कि भन्ने डरमा आकाश तिर हेदै बस्न बाध्य भएको छन् । भुकम्प गएको ९ दिन विति सक्दा सम्म पनि राहातका नाममा केहि संस्थाले १० केजि चामल , २÷४ पोका विस्कुटमा चित्त बुझाउन बाध्य भएका छन । सरकारी राहातका कुरा सुन्दा स्थिानिय भन्छन् ति पहुच वाला र सहर केन्द्रित होकि के हो ? अकासमा हेलिकप्टर देखेपछि गाविस तिर बस्छ कि राहात ल्याउछ कि भन्ने आस गर्दछन् तर अहिले सम्म राहात पुग्न सकेन । बालबालिका , बृृद्धा , सुस्केरी र गर्भवती महिलाहरु खुल्ला आकास मुनिको बासले विरामी पर्न थालेको छन् भने उनीहरुले छिटो भन्दा छिटो राहात उपल्बध गराईदि आग्रह गरि रहेका छन् ।