रुपन्देही ब्यापार संघले ५ लाख ५१ हजारको राहत धादिङ ल्यायो

Avatar photo
Dhadingpost
आइतवार, बैशाख २०, २०७२

khaddधादिङ बैशाख २० । रुपन्देही ब्यापार संघले प्राकृतिक प्रकोप भूकम्पबाट पीडितहरुको लागि भूकम्प प्रभावित क्षेत्र धादिङ्गमा राहत सामाग्री वितरण गर्ने भएको छ । ब्यापार संघले ५ लाख ५१ हजार बरावरको सामग्रीहरु धादिङ्ग पठाएको हो । रुपन्देही ब्यापार संघले त्रिपाल, चामल, चिनी, चिउरा, भुजा, विस्कुट, पानी, चाउचाउ, मेडिकल सामग्रीहरु, जुत्ता चप्पल, लत्ताकपडा, भाँडाका सामग्रीहरु, सिरक डसेना, चटाई लगायतका आवश्यक सामग्रीहरु धादिङ ल्याई सकेको छ ।
संघले यस अघि प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख १ हजार सहयोग प्रदान गरिसकेको थियो ।