आफुखुसी राहत वितरण गरे सरकारले कब्जा गर्ने

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख १८, २०७२

Nepal-rasta-bankधादिङ बैशाख १७ । सरकारले कुनै पनि व्यक्ति वा संघ संस्थाले भुकम्प पिडितलाई आफुखुसी राहत बाँड्न नदिने भएको छ । धादिङमा गत आईतबार नै बसेको दैविक प्रकोप उद्दार समितिको वैठकले एक द्वारनीति बनाई राहत वितरण गर्ने निर्णय गरेको थियो । पछिललो चरण नैतिक दवाममा परेको यस समितिलाई सरकारले गरेको निर्णयले अत्मबल बढाएको देखिन्छ । धादिङ प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले आफुखुसी राहत नबाड्न सबैलाई आग्रह गरिएको बताउनु भएको छ ।
सरकारले भूकम्प पीडितका लागि निजी संघसंस्था र व्यक्तिले खाता खोलेर जम्मा पारेको राहत रकम नेपाल सरकारले कब्जा गर्ने निर्णय गरेको छ । त्यस्तो रकम कुनै बैंकमा जम्मा पारिएको भए सरकारले सोझै आफ्नो खातामा तान्ने निर्णय गरेको छ ।
विहीबार अपरान्ह बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।
मन्त्रिपरिषदले निजी क्षेत्रको राहत कब्जामा लिने निर्णय गरेसँगै राष्ट्र बैंकले सबै इजाजत प्राप्त बैंकहरुका नाममा सर्कुलर गरिसकेको छ । विभिन्न संघसंस्थाले खाता खोली संकलन गरेको रकम इयरमार्क गरी प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा मात्र रकमान्तर हुने गरी निर्देशन जारी गरिएको राष्ट्र बैंकको सर्कुलरमा उल्लेख छ ।