टिपु सुल्तानको एउटा तरबार २१ करोड

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख ११, २०७२

भारत / अठारौं शताब्दीका चर्चित शासक टिपु सुल्तानको एउटा तरबार र कवच लण्डनमा ५६ करोड भारतीय रुपैयाँमा लिलाम बिक्री भएको छ।

लण्डनस्थित लिलाम घर बनह्यम्सले बुधबार यो तरबार सो मूल्यमा लिलामी गरेर बेचेको हो। टिपुका सबै हतियार आफैंमा विश्व चर्चित रहेका छन्। बेलायतबाट आएर भारतमा राज गरेको इस्ट इन्डिया कम्पनीसँग टिपुको संघर्ष सन् १७९९ मा उनको मृत्यु नहुन्जेलसम्म चलेको थियो। टिपु सुल्तानले प्रयोग गरेका तथा उनीसँग सम्बन्धित जम्मा ३० वटा सामानको लिलामी गरिएको हो।

यिनमा उनको एक बहुमूल्य तरबार पनि रहेको छ। यो तरबारमात्रै २१ करोड भारतीय रुपैयाँमा लिलामी भयो। यो तरबारको मुठ रत्नजडित बाघको आकृति बनाइएको छ। कुनै बेला टिपुले भनेका-थिए मेरो सबै उमेर बाख्राको जसरी बिताएपनि म एक दिन सिंहको जिन्दगी जिउन मन पराउँछु।

तरबारसँगै टिपु सुल्तानको एउटा तोप पनि १३ करोड भारतीय रुपैयाँमा लिलाम भएको छ।