जिल्ला स्तरीय ब्यडमिन्टन प्रतियोगिता सुरु

Avatar photo
Dhadingpost
आइतवार, बैशाख ६, २०७२

bad copyधादिङबेसी बैशाख ६ । लोकतन्त्र दिवसको अवसर पारी धादिङ जिल्ला स्तरीय व्याडमिन्टन प्रतियोगीता सुरु भएको छ ।
जिल्लाका ६० भन्दा बढी खेलाडीहरुको सहभागीता रहेको छ । खेलाडीहरुलाइ ए डिभिजन, वी डिभिजन सिंगल र भेट्रान्स गरि ४ समुहमा विभाजन गरिको छ ।
ए डिभिजनका खेलाडीहरुलाइ लिग सिष्टममा खेलाइने र बी डिभिजन, सिंगल्स र भेट्रान्स समुहका खेलाडीहरुलाइ नकआउट सिष्टमा खेलाइने छ । प्रतियोगीता अन्तरगत आज ७ वटा खेलहरु भएका छन ।