धादिङबेसी– मलेखु जोड्ने कालुपाण्डे मर्मत हुँदै

Avatar photo
Dhadingpost
आइतवार, बैशाख ६, २०७२

Malekhu_Dhading_Besi_Road_Projectaधादिङ बैशाख ६ । धादिङबेसी– मलेखु जोड्ने कालुपाण्डे मार्ग मर्मत कार्य सुरु भएको छ । रोड कालोपत्रे गरेको लामो समय भइसक्दा सडकमा खाल्टाखुल्टी र पिच उप्कन थालेपछि बाटोको रिसिलिङ गर्न लागिएको हो ।
गतवर्ष नै रिसिलिङ गर्न थालिएपनि गतवर्ष मलेखुदेखि बुङचुङसम्म रिसिलिङ गरिएको थियो भने यस वर्ष बुङचुङ देखि धादिङवेसीसम्म रिसिलिङ गरिने सडक विभागले जनाएको छ ।
एकैचोटी मर्मत गर्दा पछि ठुलो खर्च आउने भएकाले बेला बेलामा बाटोको रिसिलिङ गरि राख्दा बाटोको आयु ४५ वर्ष पर धकेलिने भएकाले बाटोको रिसीलिङ कार्य थालिएको डिभिजन सडक कार्यलय भरतपुका इन्जिनियर मधुसुदन साँखीले बताउनुभयो ।
बाटोको रिसिलिङ कार्य भर्खरै गरिएकोले त्यही सडकमा सवारी चलाउदा दुर्घटना हुनसक्ने भएकाले सवारीचालकहरुलाइ अत्याधिक गतीमा सवारी नचलाउन पनि सडक विभागले आग्रह गरेको छ ।