सलमान र ऐश्वर्या फेरि सँगै देख्न पाइने

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख ४, २०७२

salman-and-aishएजेन्सी बैशाख ४ । लामो समयपछि अभिनेता सलमान खान र अभिनेत्री ऐश्वर्या राय बच्चनलाई फिल्ममा सँगै देख्न पाइने भएको छ ।
हाल छायांकन भइरहेको फिल्म ‘प्रेम रतन धन पायो’ मा यी जोडीलाई दर्शकले सँगै देख्न पाउनेछन् । यो चलचित्रमा अभिनेत्री ऐश्वर्या अहिले अभिनेता सलमानसँग काम गरिरहेकी छन् । फिल्ममा यी दुईले सँगै अभिनय गरेका तस्बिर सञ्चारमाध्यममा आएका छन् ।

एक दशकअघि फिल्म ‘हम दिल दे चुके सनम’ मा काम गरेपछि यी जोडीलाई त्यसपछिको फिल्ममा दर्शकले सँगै देख्न पाएनन् । यो फिल्ममा काम गर्दासम्म सलमान र ऐश्वर्या प्रेम सम्बन्धमा बाँधिएका थिए । आफूसँग हातपात भएको भन्दै ऐश्वर्यालय सलमानसँगको प्रेमसम्बन्ध तोडेकी थिइन् । त्यसपछि लामो समयसम्म यो जोडीको बोलचाल भएन,आजको राजधानी दैनिकमा खबर छ ।