वन उपभोक्ता समितिको साधारणसभा सम्पन्न

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख ४, २०७२

पिडा बैशाख ४ । धादिङको पिडा गाउँ विकास समिति स्थित वडा नं. २ मा रहेको ढोडेनी सामुदायिक बन उपभोक्ता समितिको साधारणसभा सम्पन्न भएको छ ।
ढोडेनी सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर थापा मगरको अध्यक्षतामा सम्पन्न भएको साधारणसभाले कृष्णबहादुर थापामगरको अध्यक्षतामा पून ९ सदस्यीय नयाँ उपभोक्ता समितिको पूनर्गठन गरेको छ । पुनर्गठित समितिको उपाध्यक्षमा सिता मिजार, सचिवमा भीमसेन श्रेष्ठ र कोषाध्यक्षमा रामशरण दर्लामी रहनुभएको छ ।
भेलामा ढोडेनी सामूदायिक बन उपभोक्ता समितिले बन गोडमेल गरेर दाउरा विक्रीबाट उठेको ५ हजार ४ सय ५३ रुपैयाँ सार्वजनिक गरिएको थियो । सामूदायिक बन उपभोक्ता समितिमा हालसम्म १५ हजार ७ सय ५५ रुपैयाँ संकलन गरिएको समुहका अध्यक्ष कृष्णबहादुर थापामगरले बताउनुभयो ।