प्रजनन् स्वास्थ्य सम्बन्धि ६ दिने गोष्ठी सम्पन्न

Avatar photo
Dhadingpost
शुक्रबार, चैत्र २७, २०७१

धादिङ, किराञ्चोक चैत्र २७ गते । किरान्चोक गाउँ विकास समितिको वडा नं ४,५ र का वडा बासी आमा समुहका महिलाहरूलाई महिला हिँसा तथा प्रजनन् स्वास्थ्य सम्बन्धि जानकारी गराउने उद्देश्यले ६ दिने गोष्ठी आज सम्पन्न भएको छ ।
किरान्चोक गाउँ विकास समितिको तीन ओटै वडामा २÷२ दिन गोष्ठी संचालन गरिएको हो गोष्ठीमा बिषयबस्तुको बारेमा महिला तथा बालबालिका कार्यालय गजुरीका सहायक निरीक्षक सरस्वती सिलवाल र आमा समुह किरान्चोकका अध्यक्ष चेलीमायाँ तामाङले सहजिकरण गर्नुभएको थियो ।