धाराले नुवायौ

Avatar photo
Dhadingpost
शुक्रबार, चैत्र २०, २०७१


मायाको भुमरीमा डुवायौ सानी मलाई
मुटुमाथि चोटथपि रुवायौ सानी मलाई

स्वार्थी यो कपटपूर्ण मायाको खेलभित्र
नखाने बाचा कसम खुवायौ सानी मलाई

इमानले भरिपुर्ण अमर माया गरेकैथेँ
किन पापको पोखरिमा कुवायौ सानी मलाई

नटालिने क्षण रैछ पत्थर जम्ने मनभित्र
त्यसैले त दिलबाट चुवायौ सानी मलाई

मायाको भेटी चडाड देउता समान पुज्दा पनि
आशु का धाराले नुवायौ सानी मलाई
प्रवेश पाण्डे
त्रिपुरेश्वर ७ धादिङ