जोगिमारामा सवारी दुर्घटना ४ को मृत्यू १४ घाईते

Avatar photo
Dhadingpost
सोमवार, चैत्र १६, २०७१

धादिङेसी चैत्र १६ गते । धादिङको जोगिमारा गाउँ विकास समिति वडा नं. ९ स्थित खटौटी खोला नजिकै दुई सवारी साधन एक आपसमा ठोकिँदा ४ जनाको घटनास्थलमै मृत्यू भएको छ । दुर्घटनामा अन्य १४ जना घाईते भएका छन् ।
काठमाण्डौ देखी कपिलबस्तुका लागि हिंडेको लु १ ख ८५९३ नम्बरको यात्रुवाहक बस र पोखराबाट काठमाण्डौ जाँदै गरेको बा १ प १०२८ नम्बरको पर्यटक बोकेको माइक्रोबस एक आपसमा ठोक्किँदा माइक्रोबस चालक सहित विदेशी पर्यटकको मृत्यू भएको प्रहरी नायव उपरीक्षक प्रकाश मल्लले जानकारी दिनुभयो । घाईतेहरुको गजुरी अस्पतामा उपचार भैरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यू भएकाहरुको पहिचान खुलि नसकेको प्रहरीले जानकारी दिएको छ ।