यमनका राष्ट्रपति भागेर साउदीमा

Avatar photo
Dhadingpost
शुक्रबार, चैत्र १३, २०७१

यमन । विद्रोहीको आक्रमणबाट जोगिन यमनका राष्ट्रपति अब्दराब्बुह मन्सुर हादी भागेर साउदी अरब पुग्नु भएको छ । उहाँ साउदी अरबको राजधानी रियाद पुग्नु भएको बिबिसीले जनाएको छ । विद्रोहीले सशक्त कारबाही थालेपछि यसअघि हादीले राजधानी साना छोड्नु भएको थियो । राष्ट्रपति हादी समर्थक साउदी अरबले यमनमा विद्रोही समूह विरुद्ध सैन्य अभियानलाई निरन्तरता दिईरहेको छ ।