अवरुद्ध पृथ्वीराजमार्ग खुल्यो यातायात सुचारु

Avatar photo
Dhadingpost
बुधबार, चैत्र ११, २०७१

benighatधादिङबेसी चैत्र ११ गते । काठमाडौबाट काकड भित्ता जादै गरेको यात्रुवाहक बसले ठक्कर दिदा धादिङ बेनिघाट निवासी एक महिलाको घटना स्थल मै मृत्यू भएपछि अवरुद्ध बनेको राजमार्ग खुलेको छ ।
तिब्र गतिमा गुडिरहेको ना५ ख ४१६३ नम्बरको सो बसले स्थानिय २४ वर्षिय लक्ष्मी गुरुङलाई ठक्कर दिँदा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
३ वर्षीय बच्चाकी आमा गुरुङको मृत्यू भएपछि बच्चाको विचल्ली भएको छ । पैदल यात्रुको मृत्युपछि स्थानियले बसमा तोडफोड गरेका छन् भने चालकलाई कार्वाही र क्षतिपूर्तिको माग गर्दै राजमार्ग ठप्प पारेका थिए । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राजमार्ग ठप्प हुँदा अलपत्र परेका यात्रुले सडक खुलेपछि राहत महसुस गरेका छन् ।