धादिङको पत्रिका गोरखामा विमोचन

Avatar photo
Dhadingpost
सोमवार, चैत्र ९, २०७१

budiधादिङबेसी चैत्र ९ गते । संचारको विकास सँगै धादिङबेसीबाट अर्को एउटा बुढीगण्डकी आवाज साप्ताहिक पत्रिका निस्कन थालेको छ । धादिङ जिल्लामा पछिल्लो पटक दर्ता भएको बुढीगण्डकी आवाज साप्ताहिक पत्रिका उर्जा मन्त्रि राधा ज्ञवालीले गोरखाको आरुघाट बजारमा विमोचन गर्नु भएको थियो ।
पत्रिकाका प्रकाशक राजेश अधिकारी आफ्नो पत्रिका सदरमुकाम केन्द्रित नहुने बताउनु हुन्छ । प्रत्येक हप्ता जनताको घर–घर पत्रिका पु¥याउने बताउनुहुँदै प्रकाशक अधिकारीले बुढीगण्डकी आवाज भिन्न र पृथक बनाएर प्रकाशन गरिएकोले पाठकहरुले रुचाउने दावी समेत गर्नु भयो । पत्रिकाको सल्लाहकारमा रमेश आचार्य सम्पादक हरि थापा रहनु भएको छ ।
‘स्वतन्त्र विचारको प्रतिक’ भन्ने स्लोगन सहित पछिल्लो पटक प्रकाशनमा आएको यस पत्रिका सहित धादिङबाट धादिङ आवाज दैनिक, पाविल साप्ताहिक, नेत्रवती साप्ताहि जनमुक्तिमार्ग साप्ताहिक, प्रभातकिरण साप्ताहिक नियमित प्रकाशन हुँदै आई रहेका छन् ।