धादिङबेसीमा अपाङ्गता भएका व्यक्तिहरुको अन्तरक्रिया सम्पन्न

Avatar photo
Dhadingpost
शनिबार, चैत्र ७, २०७१

11083936_1100382833321074_4901969208005434119_nधादिङबेसी चैत्र ७ गते । अपाङ्गता कल्याण संघ गजुरी, धादिङको आयोजनामा अपाङ्गता भएकाहरुसंग सरोकारवालाहरुको एक दिन अन्तरक्रिया सम्पन्न भएको छ ।
अपाङ्गता कल्याण संघ गजुरीका अध्यक्ष गुणराज खतिवडाको अध्यक्षता र सहायक प्रमुख जिल्ला अधिकारी नन्दलाल शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा अपाङ्गता कल्याण संघ गजुरीले दिएको तालिमबाट रोगजार प्राप्त गरेकाहरुले आ–आफ्नो अनुभव आदान–प्रदान गरेका थिए । सो क्रममा अपाङ्गता कल्याण संघ गजुरीका अध्यष गुणराज खतिवडाले आफूहरुले अपांगता भएकाहरुलाई सीपमुलक तालिम पहिलो प्राथमिकतामा काम गरेको बताउनुभयो ।