धादिङ चैत्र २ गते । जिल्ला मालपोत कार्यालय धादिङमा कम्पूटर अपरेटको रुपमा कार्यरत कृष्णा खड्का माथि भएको साँघातिक आक्रमणामा संलग्नलालाई कडा भन्दा कडा कारवाहि गर्न धादिङमा क्रियाशील दुई कर्मचारी संगठनहरुले माग गरेका छन् ।
आइतबार अफिस आउँदै गर्दा करिब पौने १० बजे धादिङबेसी सितलवजारमा बाटो कुरेर बसेकी नीलकण्ठ नगारपालीका केराबारीकी सिता थापामगरले खड्कामाथी आक्रमण गरी घाईते बनाएकी थिइन् ।
आक्रमणमा परी खड्काको टाउकोमा गहिरो चोट लागेको र जिल्ला अस्पताल धादिङमा प्राथमिक उपचार पछि काठमाण्डौं स्थित ग्रिनसीटी अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
घटनाको आज नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती), नेपाल निजामति कर्मचारी संगठनले संयुक्त विज्ञप्ति प्रकाशन गरी भ्रत्सना गरेको छ ।
खड्का माथि लाठी प्रहार गर्ने सिता थापलाई कडा भन्दा कडा कारवाहि गर्न माग गर्दै कर्मचारी संगठनहरुले घाईते खड्काको सिघ्र स्वस्थ्य लाभको कामना समेत गरेका छन् ।
कार्यालय आउने क्रममा आक्रमणमा उत्रेकी सिता थापालाई कार्वाही नगरे आफूहरु आन्दोलनमा जान बाध्य हुने नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) धादिङका अध्यक्ष रामचन्द्र रेग्मीले बताउनुभयो ।