धादिङबेसी चैत्र २ गते । राष्ट्रियता लोकतन्त्र, समाजवाद र महिला एकता हाम्रा आदर्श हुन् भन्ने मुल नाराका साथ नेपाल महिला संघ जिल्ला कार्य समिति धादिङले आज धादिङबेसीमा आयोजना गरेको नेपाल महिला संघ धादिङको तेस्रो जिल्ला अधिबेशनको उद्घाटन समारोहमा महिला हिसां अन्त्य गर्न सरकारले अहिले सम्म कुनै कदम नचालेको सहभागिहरुले बताएका छन् ।
नेपाल महिला संघ जिल्ला कार्य समिति धादिङका अध्यक्ष बुद्ध लक्ष्मी लामाको अध्यक्षता रहेको कार्यक्रमा नेपाली काङग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले बोल्नु हुदै महिला महिला बीच प्रतिस्पर्धा हुनु पर्ने र जव सम्म महिलाहरुलाई जुन सुकै काममा अगाडी बढाउन सकिदैन तव सम्म देशको विकास हुन सक्दैन बताउनु भयो ।
कार्यक्रममा महिला संघका केन्द्रिय अध्यक्ष डा.डिला संग्रौला, महिला संघका केन्द्रिय सदस्य हरि प्रभा खड्गी, नेपाली काङग्रे्स धादिङका जिल्ला सभापति रामनाथ अधिकारी, जिल्ला सचिव भक्त लामा, टानका अध्यक्ष रमेश प्रसाद धमला लगायतले अधिबेशनको सफलताका शुभकामना ब्यक्त गर्नु भएको थियो ।