भूतपूर्व सैनिक संघको प्रथम वर्षिक उत्सव तथा बनभोज कार्यक्रम

Avatar photo
Dhadingpost
सोमवार, चैत्र २, २०७१

धादिङ फुलखर्क चैत्र २ गते । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ फूलखर्कको प्रथम वर्षिक उत्सव समारोह तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ ।
भूतपूर्व सैनिक संघ फूलखर्कका सभापति राजकुमार कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भूतपूर्व सैनिक संघ क्षेत्र नम्बर १ का सभापति श्याम बहादुर पाठकको प्रअुद आतिथ्यता तथा उपसभापति देव वहादुर बसौलाको विशेष आतिथ्यता रहेको थियो । भेलाले संघभित्र संगठित रहेका सदस्यहरुको परिवारका सदस्यहरुको मृत्यू हुँदा १० हजार रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ । सो अवसरमा संघका सदस्य स्वर्गिय शेखबहादुर वस्नेतको परिवारलाई १० हजार रुपैयाँ हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा संघका जेष्ठ सदस्य ९६ बर्षिय पदम बहादुर अधिकारी र उहाँकी जिवन संगिनी ९२ वर्षिय बिन्दुकुमारी रानालाई खादा ओडाएर सम्मान गरिएको थियो ।
फूलखर्क गाउँ विकास समिति वडा नम्बर ६ सुकभञ्ज्याङ स्थित सामुदायिक भवनमा समपन्न कार्यक्रममा स्थानीय राजनीतिक पार्टीका प्रतिनिधिहरु, विधिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायतको आतिथ्यता रहेको थियो ।