ब्राजिलमा बस दुर्घटना हुँदा ४२ जनाको मृत्यु

Avatar photo
Dhadingpost
आइतवार, चैत्र १, २०७१

81654484_026328477रियो डि जेनेरियो, १ चैत । ब्राजिलमा शनिबार भएको बस दुर्घटनामा परी कम्तीमा पनि ४२ जना यात्रुको ज्यान गएको छ ।
बस एउटा साँघुरो गल्लीबाट तल खस्दा भएको यस दुर्घटनामा परी ती यात्रुको ज्यान गएको बताइएको छ । प्राप्त पछिल्लो समाचारअनुसार सो दुर्घटनाबाट अरु कयौँ घाइते भएका छन् । पर्यटक बोकेर हिँडेको एउटा बस साँघुरो गल्लीमा खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले घाइतेको उद्वार गरिएको पनि जानकारी गराएको छ । सुरुमा सो दुर्घटनामा परी मृत्यु भएका ३० मात्र यात्रुको शव निकालिएको थियो । उद्वारकै क्रममा थप शव भेटिएको समाचारमा जनाइएको छ ।
दक्षिणी ब्राजिलको सान्ता क्याटारिना राज्यमा सो दुर्घटना भएको बताइएको छ । दुर्घटनास्थल अत्यन्तै बिकट रहेकोले उद्वारको काम पनि निकै गाह्रो भएको बताइएको छ । सो बस कम्तीमा पनि ४०० मीटर गहिरो गल्छीमा खसेको उद्वारमा खटिएको प्रहरीले जानकारी दिएको छ ।