अफगानिस्तानी सेनाबाट ५४ तालिवान मारिए

Avatar photo
Dhadingpost
आइतवार, चैत्र १, २०७१

map-afganistanअफगानिस्तान १ चैत । फागुन । अफगानिस्तानमा यहाँका तालिबानविरुद्ध जारी राखिएको कारबाहीका क्रममा पछिल्लो कारबाहीमा परी ५४ तालिवान मारिएका छन् । अफगानिस्तानको राष्ट्रिय सेनाले त्यहाँका विभिन्न स्थानमा गरेको कारबाहीका क्रममा ती हतियारधारी मारिएको समाचारमा जनाइएको छ । प्राप्त पछिल्लो समाचारअनुसार अफगानिस्तानका नान्गार, ठकार, कुन्दुज, कान्दाहार, सारी पुललगायतका विभिन्न स्थानमा सो कारबाही भएको थियो ।
गएको २४ घन्टामा भएको सो कारबाहीका क्रममा ती तालिवान मारिएको अफगानिस्तानको राजधानी काबुलबाट प्राप्त समाचारमा जनाइएको छ । अफगानिस्तानको गृह मन्त्रालयले आइतबार प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिएको छ । सो मन्त्रालयका अनुसार अफगान सेनाको कारबाहीका क्रममा अरू नौजना तालिवान पनि पक्राउ परेका छन् ।
मारिनेमा तालिवानका केही कमाण्डर पनि परेका बताइएको छ ।