एमाओबादी क्षेत्र नं २ को समिक्षा कार्यक्रम सम्पन्न

Avatar photo
Dhadingpost
आइतवार, चैत्र १, २०७१

10422322_467930583358999_1135754527409369895_nधादिङबेसी चैत्र १ गते । एकीकृत नेकपा (माओबादी) आन्दोलन परिचालन समिति क्षेत्र नं २ धादिङको बिस्तारित बैठक तथा समिक्षा कार्यक्रम हिजो धादिङवेसीमा सम्पन्न भएको छ । आन्दोलन परिचालन समिति धादिङका संयोजक पुष्प बिक्रम मल्लको प्रमुख आतिथ्यतामा आज समिक्षा कार्यक्रम सम्पन्न भएको थियो ।
बैठक तथा समिक्षा कार्यक्रममा धादिङ क्षेत्र नं. २ का १६ गाउँ विकास समितिमा रहेका जिल्ला सदस्यहरु गाउँ पार्टी समितिका अध्यक्ष सचिव कोषाध्यक्षहरु, लगायत सक्रिय कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । वैठकले फागुन १६ गते काठमाण्डौ खुल्ला मञ्चको शक्ति प्रदर्शनको समिक्षा गर्दै क्षेत्र नं २ बाट सोचे अनुरुप कार्यकर्ता सहभागी गराईएको निष्कर्ष निकालेको छ । साथै पार्टीको आगामी रणनीति तथा भाबि कार्यदिशाको बारेमा प्रमुख अतिथि पुष्पबिक्रम मल्लले प्रस्ट्याउनुभएको थियो ।