डढेलो नियन्त्रणका लागि सचेतिकरण गोष्ठी गरियो

Avatar photo
Dhadingpost
आइतवार, चैत्र १, २०७१

नलाङ चैत्र १ गते । पछिल्ला बर्षहरुमा बनजंगल डढेलोले सखाप बनाउन थालेपछि उपभोक्ताहरु आफै डढेलो नियन्त्रणका लागि सचेत बन्न थालेका छन । गर्मीयामको सुरु हुने वित्तिकै बन जंगलमा डढेलो लाग्ने र त्यसले समुदायमा नै नराम्रो असर पार्न थालेपछि बनजंगल जोगाउन उपभोक्ता समितिका सदस्यहरुनै लागिपर्न थालेका हुन । बनजंगल डढेलोबाट जोगाउने अभियान अन्तरगत हिजो सलाङ गाउ विकास समितिको बडा नं ८ बुङचुङमा डढेलो नियन्त्रणका लागि सचेतिकरण गोष्ठी तथा ¥याली गरिएको छ ।
जलविरे साुमदायिक बन उपभोक्ता समितिको आयोजनामा गरिएको बन डढेलो नियन्त्रण सम्वन्धी सचेतिकरण गोष्ठी तथा ¥यालीमा सलाङ गाउ बिकास समितिका कालिपार सामुदायिक बन उपभोक्ता समितिका सदस्यहरु र जलविरे सामुदायिक बन उपभोक्ता समितिका सदस्यहरुको सहभागीता रहेको थियो ।
युएसएआइडीको आर्थिक सहयोगमा डब्लुडब्लुएफ, केयर नेपाल, फेकोफन र एनटीएनसीको साझेदारीमा संचालित हरियो बन कार्यक्रम अन्तरगत सलाङको जलविरे सामुदायिक बनका उपभोक्ताहरुलाइ सचेत बनाउनका लागि कार्यक्रम आयोजना गरिएको बताईएको छ ।