गरीबको कोशमा धनीको मोज ?

Avatar photo
Dhadingpost
बिहिबार, फाल्गुन २८, २०७१

Badri Prasad Dahal
badri prasad dahalनाम गरीबको कोश , धनी कै मोजमस्ती छ ।
ढाल दीन दुखी बन्छन् , फटा कै भोज — गस्ती छ ।।
पदाधिकारी लुट्दैछन् , कोश बेहोस नै गरी ।
सर्बहारा त छुट्दैछन् , धनी कै मोज भो हरि ।। १।।

निवारण कहाँ हुन्छ ? पाच पर्सेन्टले दुखी ?
धेरै बजेटका जेट , लुटेका छन् उनै सुखी ।।
स्वयम् प्रधानमन्त्री नै , सम्स्था अध्यक्षमा हुँदा ।
गरीब तीरमा फाली , लुटेरा गर्दछन् मजा ।। २।।

नक्कली बील भर्पाइ , चिल गिध्दसरी हुँदा ।
घोटाला छ करोडम्को ,भागबन्डा पुरा पुरा ।।
छैन कारबाही वा दन्ड , कस्तो सरकारको रुप ?
गरीब ढाल बन्दैछ , खेपिरेछन् सधैं दु:ख ।। ३।।

(गरीबी निवारण कोशमा भइरहेको घोटालाको सन्दर्भमा , जहाँ छ प्रतिसत मात्र खर्च गरेर अरु सबै रकम पदाधिकारी लुटिरहेका छन् । )