विषादी मिसिएकोे रोटी खाँदा ३ पुस्ताले ज्यान गुमाए

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन २६, २०७१

राजेन्द्र बस्नेत
धादिङ, २५ फागुन – आफ्नै घर पकाएको गहुँको रोटी खाँदा ३ पुस्ताले ज्यान गुमाएका छन् । धादिङको पिडा गाविस – ८ पुकुनमा एकै परिवारका ६ जनाले ज्यान गुमाएका छन् भने अन्य १५ जना सिकिस्त बिरामी परेका छन् ।
सन्ज बहादुर तामाङको घरमा सोमबार बिहान पकाएको गहुँको रोटी खाँदा उनी सहित श्रीमती, छोरा /बुहारी र ३ जना नाति/नातिनीको मृत्यु भएको छ । upacharako-kramama-445x300सन्ज बहादुरको गहुँ पिनी सकेपछि घट्ट खोपेट कोदो पिसेको र त्यही कोदोको रोटी खाएपछि आफ्नो परिवार समेत बिरामी परेकोे घट्टधनी तिलक बहादुर तामाङले बताए ।
मृत्यु हुनेमा एकै परिवारका ६३ वर्षीय सन्तबहादुर तामाङ, २८ वर्षीय फुलमाया तामाङ, ५ वर्षीय अर्जुन तामाङ, २ वर्षीय अनिता तामाङ, ५ वर्षीय रमेश तामाङ र ७ वर्षीय सविता तामाङ रहेका छन् । सिकिस्त बिरामी हुनेमा ६० वर्षीय फूलमाया तामाङ, ३५ वर्षीय टेक बहादुर तामाङ, ३१ वर्षीय सम्झना तामाङ, २० वर्षीय बुद्धलक्ष्मी तामाङ, १५ वर्षीय ठुलीमाया तामाङ, १५ वर्षीय बुदलक्ष्मी तामाङ, ८ वर्षीय फूलमाया तामाङ रहेका छन् । यसैगरी ठुलीमाया तामाङ, मुगुमाया तामाङ, वीर बहादुर तामाङ, तिलक बहादुर तामाङ, शान्तीमाया तामाङ, सुनमाया तामाङ, राजु तामाङ र रमिला तामाङ रहेको प्रहरी उपरिक्षक प्रकाश मल्लले बताए ।
घटनास्थलबाट उनीहरुले खाएर बाँकी रहेको गहुँको पिठो परिक्षणका लागि ल्याएको ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक हेमन्त भण्डारीले बताए ।
बिरामीहरुको मनमोहन मेमोरियल हस्पिटल, मेगा हस्पिटल शिवज्योती हस्पिटलमा उपचार भईरहेको छ । बीउको लागी रोखेको गहुँमा विष रोखेको र त्यही गहुँ धेरै पटक पखाली पिसेर रोटी खाँदा यस्तो घटना भएको छिमेकी सचिन अधिकारीले जानकारी दिए ।
कृषि सेवा केन्द्रका अधिकृत वेद प्रसाद रेग्मी प्रयाः जसो गहुँको बीउ उपचारमा सेलफस चक्की किटनाशक र भाइटव्याक्स ढुसीनाशक नै प्रयोग हुने बताए ।
बिरामीको उपचार गराउन स्वास्थ्य संस्थामा लैजादै गर्दा बाटोमै मृत्यु भएकाले मृतकको शव पोष्टमाटमका लागि गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ ।साभार कारोवार दैनिक