कुकुर मरेपछि उपचार गर्न जानै भ्याएनन्

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन २६, २०७१

kiraगजुरी (धादिङ), २५ फागुन । अघिल्लो दिन पिँधेको गहुँको पिठोको रोटी परिवारका सबै बसेर खाँदै गर्दा कसैलाई पनि थाहा भएन कि त्यसमा विष छ भन्ने ।
बीउमा राखिएको विषादी पखालेर सुकाएपछि सोही गहुँ पिँधेर ल्याइएकाले मरिएला भन्ने कसैलाई नि थाहा भएन । तर जब बिहान रोटी खाँदै गर्दा कुकुरलाई दिएपछि केही बेर छट्पटिएर कुकुर म¥यो । अनि उनीहरुले थाहा पाए गहुँमा विष रहेछ । मर्ने भइयो भन्ने डरले गाउँमै उपचार गराउन पिडा गाविस वडा नं ८ का सन्जबहादुर स्याङ्तान र उनकी बुहारी फूलमाया किरान्चोकमा रहेको स्वास्थ संस्थातर्फ बिरामी परेको छोरा रमेशलाई लिएर उपचार गराउन हिँडे । बाटामा हिँड्दा हिँड्दै पिडा गाविसको भस्मे भन्ने स्थानमा पुगेर फूलमाया हिँड्न नसकेर लडिन् र केही बेरमै उनको मृत्यु भयो । केही बेर चुरोट समेत खाँदै हिँडेका उनका ससुरा सन्जबहादुर चिउरी भञ्ज्याङ पुगेर लडेपछि सोही स्थानमा मृत्यु भएको उद्धारमा खटिएका इन्द्रबहादुर अधिकारीले बताउनुभयो ।
बाँकी रहेको बीउको सदुपयोग गर्दै विषादी हालिएको गहुँको रोटी पिँधेर खाँदा एकै घरका तीन पुस्ताका छ जनाले आज ज्यान गुमाएका हुन् ।
आइतबार पिँधेर ल्याइएको गहुँको रोटी आज सोमबार बिहान पकाएर खाँदा तिनको मृत्यु भएकोे इाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक हेमन्त भण्डारीले पुष्टि गर्नुभएको छ ।
मृत्यु हुनेमा ६२ वर्षीय सन्जबहादुर उनकी बुहारी २८ वर्षीया फूलमाया, पाँच वर्षीय नाति रमेश(पूmलमायाको छोरा) र अर्जुन, तथा नातिनीहरु सात वर्षीया सविता र दुई वर्षीया अनिता छन् ।
घाइतेमध्ये सन्जबहादुर, फूलमाया र रमेशको उपचार गर्न घरबाट बाहिर गएपछि मृत्यु भएको थियो भने अनिता, सविता र अर्जुनको काठमाडौँस्थित मेघा अस्पतालमा उपचारका लागि लाँदा लाँदै बाटामा मृत्यु भएको हो ।
घटनामा उनीहरुका १६ जना आफन्त एवं नातेदार बिरामी भएको प्रहरी नायब उपरीक्षक प्रकाश मल्लले जानकारी दिनुभयो । बिरामीमध्ये एघार जनाको मनमोहन अस्पताल पाँच जनाको शिवज्योति अस्पतालमा उपचार भइरहेको पिडा गाविसका पूर्वअध्यक्ष प्रमोद रुपाखेतीले जानकारी गराउनुभयो ।
घटनास्थलबाट उनीहरुले खाएर बाँकी रहेको गहुँको पिठो परीक्षणका लागि अस्पतालमा ल्याइएको छ । बिरामीेहरुकोे उद्धार इलाका प्रहरी कार्यालय गजुरी, राजमार्ग सुरक्षा बेस क्याप आदमघाट र गाउँबासीले गरेका थिए । (राससमा धादिङबाट सिताराम अधिकारीले लेख्नु भएको खवर)